चौरीको रगत खाने मेला जहाँ चौंरीबाट आलो रगत निकालीन्छ

मुस्ताङ: प्रत्येक वर्ष मुस्ताङमा लाग्ने चौंरीको रगत खाने मेलामा एउटा चौंरीबाट १० देखि ४० गिलाससम्म रगत निकालिने गरिएको छ । सोमबारदेखि जारी मेलामा चौरीको आलो रगत खान स्थानीयबासी ठूलो हुल बाँधिएर मेलास्थल पुग्ने गरेका छन् । चौरीको आलो रगतले मानिस निरोगी हुने विश्वासका कारण प्रत्येक वर्ष यो मेला लाग्ने गरेको छ । यसपाली पनि मुस्ताङको बोक्सीखोलामा मेला लागेको छ ।

बोक्सी खोलामा गाउँभरका चौरी भेला पारिएको छ । यो मेलाले चौरी पालन गर्ने किसानलाई दोहोरो फाइदा पुग्ने गरेको छ । दूध तथा मासुका लागि प्रयोग हुने चौरीको आलो रगत आम्दानीको अर्को स्रोत बनेको किसानको भनाई छ। चौंरीले पाँचऔंले, निरमसी, जटामसी र यार्सागुम्बाजस्ता जटीबुटी खाने हुँदा रगतले पेटसम्बन्धी रोग निको भई शारीरिक स्फूर्ति बढ्ने जनविश्वास छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०९:३७