वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ, सरकारले गर्न सकेन सदुपयोग

काठमाडौं:   पूर्वराजको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्ति लाभका लागि कानुनसमेत फेरिदिन थालेको छ ।  पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभरका २१ हजार ५ सय ६३ रोपनी जमिन भेटिएको छ । नेपाल ट्रष्टअन्तर्गत ल्याए पनि सरकारले सदुपयोग गर्न सकेको छैन । दुरुपयोग रोक्न लागिपरेको पनि छैन ।

राजधानीको छाउनीको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्टको हुने सर्वोच्च अदालतले अन्तिम फैसला गर्‍यो । त्यसलाई अटेर गरी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले कब्जा जमाएकी छन् । प्रेरणाले यो जग्गा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई दाइजोबापत दिएको जिकिर गरेकी छन् ।

‘विजया घर’ भनेर चिनिने यो घरजग्गा खाली गराउन ट्रस्टले ५ महिनाअघि नै पत्रार गर्‍यो । काठमाडौं महानगरपालिकाले पनि घरजग्गा खाली गर्न पत्र लेखेको छ । समाचारमा छाउनीको १५ रोपनी एक आना खाली गराउन पत्राचार भएको, सतुंगल–थानकोट १७० रोपनी मोहीका नाममा रहेको , सल्लाघारीको १०८ रोपनीमा नगरको पर्खाल र पूर्वाराजाकै पालामा व्यापारीलाई भाडामा दिइएको जनाइएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार ०९:२३