एमालेले महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने

काठमाडौं – नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । पार्टीको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ । पार्टी सदस्यहरुबाट सय रुपैयाँ उठाउँदा सात करोड जति उठ्ने पार्टीले अनुमान गरेको छ । त्यस्तै, पार्टीले महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ ।


प्रकाशित | २२ कार्तिक २०७८, सोमबार २०:३२