एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न शेष घलेसहित १८ जनालाई १५ दिने अल्टिमेटम (पत्रसहित)

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेसहित १८ जनालाई संस्थाको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न भन्दै चेतावनी पत्र पठाएको छ।

This image has an empty alt attribute; its file name is NAC_full-page-ad-new-1-734x1024.jpg

बालुवाटारस्थित एनआरएनएको सचिवालयले विनोद कुँवर नेतृत्वको एनआरएनएका पदाधिकारीसहित डा. घलेलाई संघको नाम, लोगो र लेटरहेड प्रयोग नगर्न भन्दै चेतावनी पत्र पठाएको हो ।

संघका प्रमुख कार्यकारी निर्देशक रवीकिरण अधिकारीले ईमलेमार्फत पठाएको पत्रमा संघ गैर आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को १६ र गैरआवासीय सम्बन्धी नियामावली, २०६६ को नियम १२ बमोजिम नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको र उद्योग विभागमा टेर्डमार्क समेत भएको भन्दै झुकिने वा भम्र सिर्जना गर्ने किसिमले संस्थाको नाम, लोगो र लेटरहेडको दुरुपयोग नगर्न भनीएको छ ।

This image has an empty alt attribute; its file name is dursanchar-add-658x1024.png

संघको ट्रेडमार्कको प्रयोग गरेर बनाइएका छाप, लेटरहेड लगायतका सामग्री १५ दिनभित्र नष्ट गरी सोको जानकारी समेत गराउन सचिवालयले अल्टिमेटम दिएको छ। अब उप्रान्त संघको नाम, लोगो र लेटरहेड प्रयोग गरेर अनाधिकृत र गैरकानूनी ढंगले गतिविधि गरेमा कानूनी प्रक्रियामार्फत कारवाही हुने उल्लेख गरेको छ ।

संघको गत १० औं महाधिवेशनमा विवाद भएपछि डा. घले समूहले कुँवर नेतृत्वमा छुट्टै कार्यसमिति गठन गरेको थियो । तर परराष्ट मन्त्रालयले संस्थापन समूहलाई मान्यता दिएको थियो ।

पछिल्लो समय दुवै समूहले एकताको लागि भन्दै कार्यदल गठन गरेपनि वार्ता नहुँदै सचिवालयले यस्तो चेतावनी पत्र पठाएको छ । कतिपयले एनआरएनएमा एकताको प्रयास गरिरहँदा एकता नचाहने पक्षको दबामा यस्तो पत्र पठाएको दावी गरेका छन् । तर यसबारेमा कुँवर समूहबाट कुनै धारणा आएको छैन ।


प्रकाशित | १ जेष्ठ २०८०, सोमबार २०:११