कोरियन डेमोक्रेटिक पार्टी आप्रवासी समितिको संगठन विभाग प्रमुखमा यज्ञराज सुवेदी नियुक्त

सियोल– गैर आवासीय नेपाली संघ कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी कोरियन डेमोक्रेटिक पार्टी आप्रवासी समितिको संगठन विभाग प्रमुखमा नियुक्त हुनु भएको छ । सुवेदीलाई आज बसेको सो पार्टीको बैठकले आप्रवासी समितिको संगठन विभाग प्रमुखमा नियुक्त गरेको हो ।

सुवेदी एनआरएनए एसिया प्याशिफिक क्षेत्रको क्षेत्रीय उपसंयोजक पदको उम्मेदवार समेत समेत हुनुहुन्छ । सवेदीले आफूलाई नियुक्त गरेकोमा सांसद गो इन यङ्ग लगायत सम्पूर्ण कार्यसमिति धन्यवाद दिनु भएको छ ।

पार्टीले दोस्रो चरणको कार्यक्रममा आगामी सरकारले गर्नु पर्ने काम को बारेमा विभिन्न सुझावहरु राखेको छ । बैठकले बिदेशी मजदूरहरुको बस्ने ठाउँहरुको निरीक्षण गर्नु पर्ने र कोरियन सरह ब्याबहार गर्नु पर्ने, मेडीकल इन्सुरेन्सको भेदभावपूर्ण नियमलाई कोरियनलाई सरह गर्नु पर्ने, कम्पनी रोज्ने अधिकार कोरियन सरह गर्नु पर्ने सुझाव दिएको छ ।

त्यस्तै, थेजिकम लिने कानूनी ब्यबस्थालाई कोरियन सरह गर्नु पर्ने, श्रमीकले रोजगार स्थल परिवर्तन गर्ने अधिकार पाउनु पर्ने
र ५ जना भन्दा कम कामदार भएको कम्पनीमा पनि श्रम कानून लागु हुनु पर्ने मगपत्र पार्टी मार्फत उम्मेदवारलाई पठाइएको छ।


प्रकाशित | ४ माघ २०७८, मंगलवार १८:१७