कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान र परिर्वतनको पक्षमा उभीन गगन थापाको आग्रह

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेतामा उम्मेदवारी रहेका गगन थापाले सांसदहरुलाई जनमतको सम्मान र परिवर्तनको पक्षमा उभीन आग्रह गर्नु भएको छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै थापाले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभीन आग्रह गर्नु भएको हो ।

महामन्त्री थापाले सभापति शेर बहादुर देउवालाई समेत उम्मेदवारी फीर्ता लिएर ऐतिहासिक निर्णय लिन आग्रह गर्नुभएको छ । ‘शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गर्छु’, थापाले भन्नुभयो ।

‘मेरो आग्रह छ, मनन गरेर सभापतिज्यूले पनि उम्मेदवारी फिर्ता लिए त्यो ऐतिहासिक हुनेछ,’ उहाँले थप्दै भन्नुभयो, ‘आमजनताको मागलाई प्रतिनिधित्व गरेर मत दिनुहुन्छ भन्ने विश्वास छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न पनि थापाले आग्रह गर्नुभयो ।


प्रकाशित | ५ पुष २०७९, मंगलवार १५:५४