सूर्यविनायक नगरपालिकाद्धारा वार्षिक नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव उपलब्ध गराउन आह्वान

भक्तपुर: सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटका लागि राय सुझाव उपलब्ध गराउन आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट यर्थातपरक र जनचाहानअनुसार बनाउन राय सुझाव उपलब्ध गराउन आह्वान गरिएको हो ।

विज्ञप्ति अनुसार आगामी जेठ २० गतेभित्र आवश्यक राय सुझाव नगरपालिकाको आधिकारिक ईमेलमार्फत पठाउनपर्नेछ ।

मेयर बासुदेव थापाको नेतृत्वमा रहेको सूर्यविनायक नगरपालिकामा विगतदेखि नै नगरबासीको राय सुझाव संकलन गर्दै जनचाहानअनुसार हरेक निर्णयहरु सर्वसम्मत हुँदै आएको छ ।


प्रकाशित | २५ बैशाख २०८०, सोमबार १९:१३