नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको परकम्प

काठमाण्डौ :   बिहानै धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको हो ।

नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएपछि सर्वसाधारणमा क्राउ उत्पन्न भएको छ । भूकम्पको धक्का महसुस हुँदा सर्वसाधारण घर बाहिर निस्किएका थिए ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०७:०७