एनआरएनए आयरल्याण्डको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

डब्लिन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको नेतृत्व हस्तान्तरणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आठौं महाधिवेशनबाट सर्बसम्मत रुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

केन्द्रीय प्रतिनिधी गणेश प्रसाईको उपस्थितिमा निर्वाचन समीतीका संयोजक नवराज कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको हो । कार्यक्रममा आयरल्याण्डका पूर्व अध्यक्ष तथा यूरोप क्षेत्रका क्षेत्रीय उपसंयोजक शुक्रराज न्यौपाने, निर्वाचन समितिका उपसंयोजक राजन काफ्ले र निवर्तमान अध्यक्ष मिलन छन्त्याललगायतको सहभागिता थियो ।

सपथ ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष बिनोद कार्कीले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गदैँ आगामी दिनमा सहमति, सहकार्यका साथ सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – बिनोद कार्की

उपाध्यक्ष

-ओम अधिकारी

-सुमन गुरुङ

महिला उपाध्यक्ष – सिर्जना गोले तामाङ

महासचिव -रवी बोगटी

सचिव– प्रकाश लामा

कोषाध्यक्ष- पुस्कर बोमञ्जन

सह-कोषाध्यक्ष – निशान्त शर्मा

महिला संयोजक -करुणा थापा

युवा संयोजक– विजय कुमार बुढाथोकी

सदस्यहरु

-सन्तोष शर्मा

-दलाराम तामाङ

-यम बहादुर उप्रेत्ति

-सुनीता बलामी

-चिन्तामणी सापकोटा

-कृष्ण जिसी


प्रकाशित | १२ श्रावण २०७८, मंगलवार १८:२३