कोरोना संक्रमण सम्बन्धी आत्महत्या रोक्नको लागि सहयोग गर्न गैर आवासीय नेपाली समुदायमा अपिल

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वास्थ्य समितिले कोरोनाको कारण हुन सक्ने आत्महत्याको घटना रोक्न सहयोग गर्न विश्वभरिका गैर आवासीय नेपाली समुदायमा अपिल गरेको छ ।

स्वास्थ्य समितिका अनुसार हालसम्म तीन जना नेपालीले कोरोना संक्रमण भएको थाहा पाए पछि आत्महत्या गरेका छन् । जसमा मध्य पूर्वमा दुई र एक टर्कीमा रहेको स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटाले जानकारी गराउनुभयो ।

संयोजक सापकोटाका अनुसार एनआरएनए स्वास्थ्य समितिद्वारा संकलित तथ्यांकले सो खुल्ल आएको हो । ‘हामी ती मानिसहरूलाई पहिचान गरौं जसले आफूलाई कोरोना संक्रमण भएको थाहा पाए पछि आत्महत्या गर्न सक्छन्’, संयोजक सापकोटाले भन्नुभयो ।

संयोजक सापकोटाले थप्दै भन्नुभयो, ‘आत्महत्या उदासीनता, चिन्ता र मानसिक असन्तुलनको अन्तिम चरण हो । यदी हामी सँगै मिलेर सहयोग गरौं । हामीले त्यस्ता आत्महत्या रोक्न सक्छौं।’

उहाँले एनसीसीका सबै अध्यक्षहरु र समुदायमा आत्महत्याको जोखिममा परेका व्यक्तिहरुलाई पहिचान गर्न मद्दत गर्न र उनीहरु पूर्ण रुपमा स्वस्थ नहुन्जेल उनीहरुसँग सम्पर्कमा बस्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी तिनीहरूको आत्मविश्वास वृद्धि गरौं । हामी सबैलाई उनीहरूलाई छिटो उपचार र पुन: प्राप्ति गर्न मद्दत गरौं।  हामी तिनीहरूको आत्मविश्वासलाई बढावा दिन्छौं। हामीलाई तिनीहरूसँग हुन दिनुहोस्। हामी सबैलाई उनीहरूलाई छिटो उपचार र पुन प्राप्ति गर्न मद्दत गरौं।’

 


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार ०९:५३