श्रीलङ्का आक्रमण: विस्फोटनमा २०७ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं: श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको बिबिसीले जनाएको छ ।

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भए। सबै घटनामा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ। समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १९:१४