आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले लन्डन डर्वीमा चेल्सीलाई पराजित गरेको छ। आर्सनलले घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि जित्ने सम्भावना जीवितै राखेको हो ।

इमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलको जितमा ओडेगार्डले दुई गोल गर्दा ब्राजिली फरवार्ड गाब्रियल जेससले एक गोल थपे । चेल्सीका नोनी माडुकले एक गोल फर्काए ।

लन्डन डर्वीले आर्सनलले सानदार प्रदर्शन गर्दै ३४ मिनेटभित्र ९१६ मिनेटको अन्तरमा० ३–० को आरामदायी अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । दोस्रो हाफमा एक गोल बेहोरेपनि आर्सनललाई पहिलो हाफको गोल नै महत्वपूर्ण ३ अंक बटुल्न पर्याप्त रह्यो ।

खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाए । उनले ग्रानिट झाँकाको पासमा गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा जेससले गोल गरेपछि आर्सनलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

६५औ मिनेटमा नोनीले माटियो कोभासिसको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले लगातार छैटौं हार बेहोर्दा आर्सनलले चार खेलपछि जित निकाल्न सफल भएको छ । लिड्सलाई ४–१ ले हराएयता आर्सनलले ३ बराबरी र १ हारको नतिजा निकाल्दा उपाधि होडमा धक्का लाग्न पुगेको थियो ।


प्रकाशित | २० बैशाख २०८०, बुधबार ०९:०३