बस दुर्घटनामा चेक स्ट्राइकर सुरलको निधन

एजेन्सी: टर्कीमा भएको बस दुर्घटनामा परी चेक रिपब्लिकका स्ट्राइकर जोसेफ सुरलको निधन भएको छ । टर्कीको शीर्ष डिभिजन क्लब अलानियास्पोरको खेलाडी बोकेको मिनी बस दुर्घटनामा परी जोसेफको निधन भएको हो । क्लब अलानियास्पोरले २८ बर्षीय स्ट्राइकर जोसेफको अस्पतालमा निधन भएको पुस्टि गरेको छ । कायसेरिस्पोरविरुद्धको अवे खेल खेलेर क्लब फर्कदै गर्दा बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा जोसेफसहित अन्य ६ खेलाडी परेको क्लबले जनाएको छ । दुर्घटनामा इंग्ल्यान्डका खेलाडी स्टेभेन काउल्कर समेत परेको बताईएको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १४:३६