मन्त्रिपरिषद् बैठक : कोभिडबारे आवश्यक योजना तयार पार्न सीसीएमसीलाई निर्देशन, राजदूत सिफारिस

काठमाडौं – मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिसिएमसी लाई निर्देशन दिनुभएको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रि परिषदको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको बुझिएको छ ।

सिसिएमसीको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक हुनुहुन्छ । सिसिएमसी बैठकले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रि परिषदबाट निर्णय लिने बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभयो । सोहीअनुसार मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिनुभयो । सोहीअनुसार मन्त्रि परिषद बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका अनुसार, युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा.कल्याण रोका नियुक्त हुनुभएको छ ।

चीनको इन्टरनेशलन युनिभर्सिटी अफ बिजनेस इकोनोमिकबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका खोटाङका डा।रोकाले जनसंख्या अध्ययन, समाजशास्त्र, राजनीति शास्त्र र इन्टरनेशलन इकोनोमी कोअपरेशनमा गरी चार विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

साथै बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने बैठकले निर्णय गरेको छ । बैठकले घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । आजको गोरखापत्र दैनीकबाट


प्रकाशित | २ भाद्र २०७७, मंगलवार ०७:५०