आगामी ३ दिन चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं: आज पनि विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको रहँदा कर्णाली र सुदूर पश्चिमसहित प्रदेश २ का केही स्थानमा आंशिक बदली रहेको देखिन्छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा भने अहिले हल्का बर्षा भइरहेको छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव कायमै छ । आज पनि विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै भूभागमा र प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको रहँदा कर्णाली र सुदूर पश्चिमसहित प्रदेश २ का केही स्थानमा आंशिक बदली रहेको देखिन्छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा भने अहिले हल्का बर्षा भइरहेको छ ।हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव कायमै छ । आगामी ३ दिनको मौसम पूर्वानुमान:-

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली, सुदूर पश्चिम, प्रदेश २ र प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली तथा प्रदेश २, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जेठ २८ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेश, सुदूर पश्चिम, प्रदेश २ र प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भूभागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका १/२ स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जेठ २९ गते (बिहिबार)

दिउँसोः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का १/२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

रातीः प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली तथा सुदूर पश्चिम र प्रदेश ५ मा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार ०८:३८