एनआरएनए इन्फ्रास्ट्रक्चर लिमिटेडको अध्यक्षमा पुन: जीवा लामिछाने

काठमाडौं । गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा संचालित एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा पुनः जीवा लामिछाने सर्वसम्मत हुनुभएको छ । कम्पनीको आइतवार सम्पन्न आठौं साधारणसभाले लामिछानेलाई पुनः आगामी कार्यकालको लागि सर्वसम्मतले जिम्मेवारी दिएको हो ।

९ जना रहेको संचालक समितिमा एनआरएनए पूर्वअध्यक्ष शेष घले, संघका कोषाध्यक्ष महेश श्रेष्ठ, पूर्वकोषाध्यक्ष हिक्मत थापा, कृष्ण पाण्डे, भरत कुमार थापा, संगिता केसी, अम्बिका प्रसाद पौडेल र कुल आचार्य चुनीनुभएको छ । कम्पनीले दर्दि खोला, मध्य तमोर, तल्लो लिखु, माथिल्लो माइलुगं खोला लगायतको क्षेत्रमा उर्जामा लगानी गरेको छ । कम्पनीमा ८ सय भन्दा बढी गैर आवासीय नेपालीले लगानी गरेका छन् ।


प्रकाशित | २६ माघ २०७७, सोमबार २०:५८