प्रदेश नं २ का नेकपा संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ । प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।
प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ।
सोही क्रममा प्रदेश नं २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
मण्डल ओली समूहमा लागेपछि उहाँलाई अविश्वास प्रस्ताव लगाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाई छ ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १२:४९