शीर्षस्थानको आर्सनलसँगको अंक दुरी घटाउदैँ सिटी

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीको जितमा हालान्डले दुई गोल गरे भने जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए । यो जितसगैँ सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक छोट्याएको हो ।

यो सगैँ दोस्रो स्थानमा रहेको सिटीको ३० खेलबाट ७० अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ७३ अंक छ । पराजित लेस्टर ३१ खेलबाट २५ अंक जोडेर १९औं स्थानमा छ ।


प्रकाशित | ३ बैशाख २०८०, आईतवार ०७:४७