छुट्टाछुट्टै सडक दुर्घटनामा ५ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं: मुलुकका छ्ट्टा छुट्टै सडक दुर्घटनामा ५ जनाको ज्यान गएको छ । सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गएको छ । धनुषामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका धारापानी स्थिति पूर्व पश्चित राजमार्गमा भएको सडक दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा विङगरको ठक्करबाट सिरहाको लहान नगरपालिकाकाका ३० वर्षीय श्याम चौधरी र उनकै ११ वर्षीय छोरा अमन चौधरीको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ८४३२ नम्बरको विङगरले बाबूछोरा सबार बा ७१ प १९६३ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा। ३ १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो। दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो। दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १५:०८