आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा: वर्षा राउत

काठमाडौँ  : अभिनेत्री वर्षा राउतले नक्साल स्थित ‘सजिनाज् क्रियसन’ उद्घाटन गर्नुभएको छ । बिहिवार नक्साल स्थित ‘सजिनाज् क्रियसन’ले सञ्चालनमा ल्याएको बुटिकको उद्घाटन गर्दै अभिनेत्री राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताउनुभयो ।

सजिना बिष्टले संचालनमा ल्याएकी उक्त बुटिकमा ‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गरिने बताउनुभयो ।  ‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने आम मानिसमा रहेको बताउदै उनले सबैको पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको बताउनुभयो ।


प्रकाशित | २७ भाद्र २०७६, शुक्रबार ०९:५९