३५ लाख नगद सहित काठमाडौंबाट हुण्डी कारोवारी पक्राउ

काठमाडौं: काठमाडौंको चावहिल गणेशथानबाट ३४ लाख ८९ हजार ३ सय रकम सहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्वु दुधकोसीका सुनिल राई, अर्जुन राई र जगत खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी गराउनुभयो ।

उनीहरुले गणेशथानमा फ्लायाट लिएर हुण्डीको अवैध कारोवार गर्ने गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले एक फ्ल्याटलाई कार्यालको जस्तो बनाएर अवैध रकमको कारोवार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले गौशाला प्रहरीमा राखिएको छ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १७:१९