नेपाल उद्योग वाणिज्य महासङ्घ एशोसियट सदस्यका उम्मेद्वार चन्द्रप्रसाद ढकाल को हुन् ?

काठमाडौँ  -नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट कार्यकारिणी सदस्य पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।ढकालले महासंघको आगामी २८ र २९ चैतमा सम्पन्न हुन लागेको साधारणसभामा एशोसियट कार्यकारिणी सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो ।

को हुन् चन्द्रप्रसाद ढकाल ?

विस २०३७ सालमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा जन्मनुभएका ढकाल युवा व्यवसायी हुनुहुन्छ । विगत २६ वर्षदेखि काभ्रेपलाञ्चोक जिल्लाको वनेपामा खाद्यान्न व्यवसायमा सङ्लग्न रहनुभएका ढकालले काठमाडौँमा समेत आफ्नो उद्योग व्यवसाय विस्तार गर्नुभएको छ ।

काभ्रेमा राम्रो समाजसेवीको छवि बनाउनुभएका उहाँले संघीय राजधानी काठमाडौँमा समेत विगत ८ वर्षदेखि एसएमई कन्टक्सन र गणपति कि ईलोक्टोनिक्स सञ्चालन गरेर दर्जनौँ व्यक्तिलाई रोजगार प्रदान गर्दै आउनुभएको छ । लायन्स क्लब अफ ईन्टरनेशनलमा समेत उहाँ आवद्ध हुनुहुन्छ ।

आफ्नो पढाई र व्यवसायको सिलशिलामा विश्वका विभिन्न मुलुकको भ्रमण गरिसक्नुभएका उहाँले विदेशीएका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने उदेश्य राखेर महासंघमा उम्मेदवारी दिनुभएको हो ।

पढाईमा राजनीतिशास्त्रमा स्नातक गर्नुभएका युवा व्यवसायी ढकाल विजनेश म्यानेजमेन्टको तालिमसेत लिनुभएको छ ।

महासंघको सदस्यमा चन्द्रप्रसाद ढकालको उम्मेद्वारी किन ?

नेपालका युवालाई उद्यम क्षेत्रमा आकर्षित गर्न आफूले महासंघमा उम्मेद्वारी दिन लागेको बताउने ढकाल दैनिक विदेशीएका हजारौँ सक्षम युवा जनशक्तिलाई स्वदेशमा व्यवसाय र रोजगारीको क्षेत्रमा जोड्नका लागि आफू महासंघको सदस्य बन्न लागेको बताउनुभयो ।

ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत राज्यसँग समन्वय गरी उद्यम व्यापारलाई प्रोत्साहन गर्न योगदान पु¥याउने बताउनुभएको छ । यस्तै, व्यवसायका नयाँ अवसरलाई खोजी गर्ने र त्यस्ता व्यवसायमा आम युवा र योग्य जनशक्तिलाई जोड्न लाग्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी उत्पादनलाई जोड्न र यस्ता उत्पादनको गुणस्तरीयता र विश्वसनीयतालाई अगाडि बढाउने बताउनुभएको छ । “नेपालमा प्राविधिक शिक्षालाई व्यापकता बनाई उत्पादनमा जोडी अन्तर्राष्ट्रिय बजारमा हाम्रो उत्पादन प्रवद्र्धन गर्न आवश्यक छ,”– उहाँले भन्नुभयो ।

ढकालले दक्ष जनशक्ति निर्माण गर्नसकेमात्र देशको अर्थतन्त्र बलियो हुने भएकाले युवालाई दक्ष जनशक्ति निर्माण गर्न महासंघमार्फत अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । व्यवसाय क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएकाले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई छ ।


प्रकाशित | २८ चैत्र २०७९, मंगलवार १७:५८