स्क्रब टाइफसको सङ्क्रमण

कञ्चनपुर: भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ ।

अस्पतालका सूचना अधिकारी केशव अवस्थीका अनुसार  भीमदत्त नगरपालिका–९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको हो । उनका अनुसार टाइफस रोग लागेमा टाउको बेस्सरी दुख्ने, १०४ डिग्रीभन्दा बढी हनहनी ज्वरो आउने, शरीरमा रातो मसिना बिमिरा देखापर्ने, ग्रन्थी सुनिने, पसिना आउने लगायतका लक्षण देखापर्ने गर्दछ ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १५:३७