नमूना बन्यो ईन्का किन्डर गार्डेन, जर्मनीको प्रतिनिधिमण्डलले गर्‍यो अवलोकन (फोटोफिचर)

काठमाडौं : वरीपरि हरियो बनजंगल, तामाङ बस्ती अनि त्यही बस्तीभित्र फुलेको एउटा ईन्का किन्डर गार्डेन मन्टेश्वरी प्रि स्कूल । काठमाडौँको शंकरापुर नगरपालिका वडा नं ८ मा रहेको छ ईन्का किन्डर गार्डेन मन्टेश्वरी प्रि स्कूल । उग्रतारा सेकेण्डरी स्कुल अन्र्तर्गत यो मन्टेश्वरी पर्दछ । यो स्कुलमा २५० जना विद्यार्थीहरु रहेका छन् ।

उपत्यकाको एक छेउमा रहेको यो मन्टेश्वरी स्कुल शान्त वातावरणमा अवस्थित छ । ८० लाखमा बनेको मन्टेश्वरीमा ४७ जना बालबालिकाहरु अध्यनरत रहेका छन् । सानासाना बालबालिकाहरु खेल्दै सिक्दै रमाईरहेका छन् ।

जर्मनीमा बस्नुहुने एनआरएनए संस्थापक तथा संरक्षक रामप्रताप थापाको पहलमा किन्डर गार्डेन निर्माण गरिएको हो । थापा आफ्नो मातृभूमीलाई केहि गर्नुपर्छ भन्ने कुरालाई प्रोत्साहन दिनुहुन्छ । विशेष गरि शैक्षीक क्षेत्रमा प्रगति गर्नुपर्छ भन्ने भावनाको कारणले यो किन्डर गार्डेन बन्न सफल भएको हो ।

काठमाडौं जिल्लामा भएर पनि पछाडि परेको सो क्षेत्रमा उहाँले गर्नु भएको सहयोग र योगदानको मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ । थापाले यहाँ मात्र नभई धादिगं, चित्तवन, गोरखा लगायतका क्षेत्रमा यस्ता पुण्यको काम गर्नु भएको छ ।

गार्डेन पुग्दा सहयोगी मनहरुलाई विद्यालय परिवारले भब्य स्वागत गरेको थियो । विशेष गरि सहयोगी दाताहरु पनि किन्डर गार्डेनप्रति निकै नै सन्तुष्ट अनि खुसी देखिनु भयो ।

उग्रतारा सेकेण्डरी स्कुलका पिन्सिपल डम्बर बहादुर घलानका अनुसार विशेषत मन्टेश्वरीलाई प्ले गुप्र, नर्सरी र एलकेजी गरि बनाइएको छ । तीन जना शिक्षीकाहरुले बालबालिकाहरुलाई पारिवारिक वातावरण दिई शिक्षा प्रदान गरिरहनु भएको छ ।

रामप्रताप थापाले देशका विभिन्न भागमा आवश्यकता अनुसार भौतिक संरचना निर्माण गरिरहनु भएको छ । जसका कारण दुरदराजका ग्रामीण भेगका बालबालिकाहरु पनि लाभान्वित बनेका छन् । थापा जो एनआरएनए संस्थापक, पूर्व संरक्षक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत समेत हुनुहुन्छ, उहाँको कार्य वास्तवमै प्रशंशनीय छ ।

कुनै पनि भौतिक संरचना बनाउने मात्र नभई त्यसको नियमीत अनुगमन गर्ने उहाँको बानीका कारण बालबालिकाहरुले अझै राम्रो तथा गुणस्तरीय शिक्षा पाएका छन् । किन्डर गार्डेन राम्रो रुपमा सञ्चालन भईरहेको भन्दै दाताहरुले सन्तुष्ट व्यक्त गर्नु भयो ।

मन्टेश्वरीबारे थप जानकारी दिदै शिक्षीका बेदकुमारी भुसेल किन्डर गार्डेनको निर्माणले स्थानीय अभिभावकलाई ठूलो राहत मिलेको बताउनुभयो ।
आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गर्ने गरिएको छ । किन्डर गार्डेन मात्र नभई रामप्रताप थापाले आफ्ना आमा बुबाको नाममा धेरै सामाजीक कार्य गर्नु भएको भन्दै माउन्टेन टूरिजम प्रमोटर अवधेश कुमार दासले प्रशंशा गर्नु भयो ।

राम प्रताप थापाको पहलमा विद्यालय बनाउने, बच्चाहरुलाई छात्रवृत्ति दिने तथा शैक्षिक सामाग्रीहरु दिने जस्ता थुप्रै कामहरु भएको छ ।


प्रकाशित | १६ चैत्र २०७९, बिहीबार २२:४४