एनआरएनको विधान सर्वसम्मत रूपमा पारित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को विधान मस्यौदा सर्वसम्मत रूपमा पारित भएको छ। गैर आवासीय नेपाली संघको साधारणसभाले बिधान सर्वसम्मत रूपमा पारित भएको हो ।

एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिए पछि लागु हुनेछ ।संशोधित विधान अनुरुप संघको ११ औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष रूपमा (काठमाण्डौं) हुनेछ ।

संशोधित विधानमा प्रतिनिधि छनोट प्रकृया यथावत राखिएको छ । यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ । २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ ।

संघको निर्वाचनमा उमेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रुपमा उपस्थित हुनु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रुप ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो

संसोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ। यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेश गरेको थियो ।


प्रकाशित | २७ आश्विन २०७९, बिहीबार ०८:३७