आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

एजेन्सी : बलिउड नायिका करिना कपुरले नायक आमिरको फिल्मका लागी अडिसन दिएकी छिन । भारतीय मिडियासँग कुरा गर्दै करिनाले भनिन्, ‘मैले आजसम्म अडिसन दिएको थिइनँ । न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए । तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान हुन् ।’

करिनाले अगाडि भनेकी छिन्, ‘मलाई थाहा छ, चलचित्रलाई लिएर आमिर कती धेरै केन्द्रित हुन्छन् । मैले चलचित्रको कथा पढ्दा नै मेरो भूमिकामा म खरो रुपमा उत्रिन्छु भनेर सोचिसकेको थिएँ । आमिर आफ्नो भूमिकाप्रति निकै गम्भिर हुन्छन्, मलाई उनको यो कुरा मनपर्छ ।’

‘मलाई अडिसन दिदा रिजेक्ट हुन्छु कि भनेर डर लागेको थिएनँ । सैफले पनि मलाई यो ठूलो कुरा होइन भनेर सुझाव दिएका थिए । हलिउडका कुनै पनि कलाकारले अडिसनविना चलचित्रमा काम पाउँदैनन् । सैफले मलाई तिमी जस्तो नायिकाले समेत अडिसन दिन थाल्यौ भने राम्रो हुन्छ भनेर सल्लाहा दिएका थिए । यसकारण पनि मैले यो चलचित्रका लागि अडिसन दिएँ ।’


प्रकाशित | १ पुष २०७६, मंगलवार १८:५४