हेटौँडामा आजदेखि साउन महिनाभर निषेधाज्ञा

हेटौडा – कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी राजमार्ग क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी साउन महिनाभरि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले नेपालको मौजुदा कानुनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार हेटौँडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा, त्यसको ५ सय मिटर आसपासको क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।


प्रकाशित | २७ श्रावण २०७७, मंगलवार १३:०७