नेक्सस इन्टरनेशनल एकेडेमीद्धारा अभिभावकहरुलाई अभिमुखीकरण तालिम

काठमाडौँ । काठमाडौँको पेप्सीकोला टाउनप्लानिङमा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीले अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । विगत १४ वर्ष देखी प्रत्येक वर्ष अभिभावकहरुलाई अभिमुखीकरण तालिम दिदै आएकोमा विद्यालयले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिएको हो ।

शनिबार भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यत्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा पुन परोपकारी व्यत्तित्व ब्रम्हकुमार श्री विजयराज सिग्देल, काठमाडौँका एसएसपी दान बहादुर कार्की, मनोविद् रविन कटवाल लगायतले आआफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा परोपकारी व्यत्तित्व श्री विजयराजले अभिभावक र शिक्षकले विद्यार्थीको क्षमता पहिचान गरि शिक्षा दिन सकेमात्र विद्यार्थीले आफ्नो भविष्य कोर्न सक्ने कुरामा जोड दिनु भयो । अभिभावकहरुले बालबच्चाहरुलाई सत्यको बाटोमा हिड्न प्रेरित गरेको अबस्थामा मात्र सन्तानले बुबाआमाको हेरचाह गर्ने उहाँले बताउनु भयो । संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नु भयो ।

कार्यक्रममा एसएसपी कार्कीले अभिभावकहरुले आफु असल वनेमा मात्र आफ्ना सन्तानहरुले त्यसको सिको गर्ने बताउनु भयो । उहाँले आधुनिक अपराधबाट बालबच्चाहरुलाई बचाउन इन्टरनेट जडित डिजिटल डिभाइसको प्रयोग गर्दा सचेत हुनुपर्ने उल्लेख गर्नु भयो त्यस्तै अनलाइनको माध्यमबाट ठगीका उजुरीहरु बढिरहेकोले यसप्रति अभिभावक पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मनोविद् रविन कटवालले बालवालिकाको मनोभावना बुझेर मात्र उनीहरुसँग असल व्यबहार गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमा नेक्सस इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल आरबी कट्वालले अभिभावक सचेतना सहितको शैक्षिक अभिवृद्धि कार्यक्रमलाई जोड दिएको बताउनु भयो । कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।


प्रकाशित | १२ चैत्र २०७९, आईतवार २२:००