एनआरएनए स्वीट्जरल्याण्डमा शिव कुमार सुब्बा निर्बिरोध निर्वाचीत

स्वीट्जरल्याण्ड : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्ड अध्यक्षमा शिव कुमार सुब्बा निर्बिरोध निर्बाचित हुनु भएको छ । आईसीसी सदस्य पदमा भुमिराज गुरुङ निबिरोध निर्वाचीत हुनुभएकको हो । आइ सी सी लगाएत दुइ मध्य एक उपाध्यक्ष पदमा सन्तोष राई र महासचिव पदमा कुल प्रसाद शिवाकोटी गरि चार जनाको मात्र उमेद्वारी परेकोले निर्बिरोध निर्बाचित हुनुभएको छ ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड निर्वाचन समितिले जारी गरेको सूचना अनुसार उम्मेदवारी दर्ता १६ अगस्त शुक्रबार सॉझ १८ ०० बजे सम्म रहेको थियो भने उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता १७ अगस्त शनिबार राति १२ ०० बजे सम्म रहेको छ । मतदाता र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन १८ अगस्त आइतबार बिहान १० ०० बजे रहेको छ ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको ११ औं साधारण सभा र छैंठौ राष्ट्रिय महाधिवेशन १८ अगष्ट २०१९ आइतबार हुँदैछ । महाधिवेशनमा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराई र निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १८:५९