आजबाट बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं -आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ। जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजदेखी सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।


प्रकाशित | २४ बैशाख २०८०, आईतवार ०९:०१