पुष्पपरागद्वारा वर्ष सम्मान तथा पुरस्कारको घोषणा

काठमाडौं  -पुष्पपराग साहित्य प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘पुष्पपराग वर्ष सम्मान–२०७९’ साहित्यकार रत्न प्रजापतीलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ शोभा दुलाललाई, ‘नील–गंगा भाषा साहित्य पुरस्कार’ शरदचन्द्र वस्तीलाई, ‘पद्मावती गीत संगीत पुरस्कार’ हरिदेवी कोइरालालाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ संगीतकारसत्यकला राईलाई, प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानले ‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार’ छेवाङ्ग तेन्जिङ लामालाई, ‘परममाया÷कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार’ खेमनाथ दाहाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

यस्तै, गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पुर्‍याउने एकजनालाई प्रदान गरिने मानार्थ सदस्यता साहित्यकार डा.भोजराज घिमिरेलाई तथा ‘पुष्पपराग युवा साहित्य सम्मान’ डिल्लीप्रसाद मुल्तिहुनलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

पुरस्कार तथा सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आगामी चैत २५ गते आयोजना हुने समारोहमा प्रदान गरिनेछ ।


प्रकाशित | ३० फाल्गुन २०७९, मंगलवार २०:५५