जनप्रतिनिधिलाई खबरदारी गरिरहनु पर्छ : बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनु भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले आयोजना गरेको भक्तपुरका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मेयर थापाले पत्रकारले कसैलाई हतोत्साही पार्ने नभई खबरदारी गर्नु पर्ने र सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनु भएको हो ।

पत्रकारले प्रमाण पुगेको विषयलाई लेख्नुपर्ने तर बीना आधार तथा हचुवाको भरमा भने समाचार सम्प्रेषण गर्न नहुने उहाँको भनाइ छ । मेयर थापाले आफ्नो पहिलो कार्यकालमा भक्तपुर पत्रकार महासंघ र भक्तपुरका पत्रकारहरुले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेको महसुस आफुले गरेको बताउनु भयो । आफुहरु इतिहास कोर्न आएकाले पत्रकारको भुमीका महत्वपुर्ण रहेको उल्लेख गर्दै कुनै काम विर्गन लाग्यो भने पत्रकारले खबरदारी गर्न भने चुक्न नहुने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is pic-basu-1024x628.jpg

‘साना तीना कमी कमजोरी छन् भने सुधार्न एक पटक मौका दिनुपर्छ तर जनतालाई धोखा दिने, ब्यक्तीगत स्वार्थमा लाग्ने, ठुल्ठुला अपराध गर्नेको विरुद्ध भने पत्रकारले कसैलाई छाड्नु हुँदैन’, उहाँले भन्नु भयो ।

‘अब चुनावमा कुन पार्टी, कुन चिन्ह्रबाट उठ्यौ भन्ने कुरा बिर्सौ’, मेयर बासुदेव थापाले  भन्नु भयो, ‘पाँच वर्षपछि फेरि चुनावमा जाऊला, त्यो भन्दा अघि हामी अग्लो होचो, जात जाती, ऐन, कानुन, नीति र नियम भन्दा बाहिर गयौ भने जनताले सराप्ने छन् र विकास निर्माणको काम गर्न सक्दैनौ । त्यसैले हामी सबै एकजुट भएर भक्तपुरको विकासमा लाग्नुपर्छ ।’

‘सूर्यविनायक नगरपालिका यो अवस्थामा आउनुमा पत्रकारको पनि ठुलो सहयोग छ । पत्रकारले चाहिने नचाहिने लेखीदने, मनोेबल गिराउने र हत्तोसाहित गराउने काम गरेको भए नगरपालिका यो स्थितिमा पुग्ने थिएन’, उहाँले भन्नु भयो, ‘पहिलो पाँच वर्षे कार्यकालमा पत्रकारको साथ र सहयोग रहेकै कारण कार्यकाल सफल भएको महसुस गरेको छु । साथै आगामी दिनमा पनि यस्तै सहयोग रहने अपेक्षा गरेको छु ।’

पत्रकार महासंघ भक्तपुरको भवन निर्माणको लागि नगरपालिकाले स्वीकृति दिएको बताउँदै भवन निर्माणमा ब्यक्तीगत तथा संस्थागत जुनसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता ब्यक्त दिनु भयो । पत्रकार महासंघ तथा पत्रकारप्रति आफुले मन बढाएर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँले स्पष्ट पार्नु भयो ।

त्यस्तै मेयर थापाले भक्तपुरका सबै नगरपालिकाका मेयरहरुले कम्तिमा महिनाको एक दिन जिल्लाको विकासलाई कसरी अगाडि बढाउने भन्ने विषयमा एकजुट भएर छलफलमा जुट्नुपर्ने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is basudev-thapa-1-1024x621.jpg

‘अब चुनावमा कुन पार्टी, कुन चिन्ह्रबाट उठ्यौ भन्ने कुरा बिर्सौ’, उहाँले थप्दै भन्नु भयो, ‘पाँच वर्षपछि फेरि चुनावमा जाऊला, त्यो भन्दा अघि हामी अग्लो होचो, जात जाती, ऐन, कानुन, नीति र नियम भन्दा बाहिर गयौ भने जनताले सराप्ने छन् र विकास निर्माणको काम गर्न सक्दैनौ । त्यसैले हामी सबै एकजुट भएर भक्तपुरको विकासमा लाग्नुपर्छ ।’

साथै उहाँले पत्रकार महासंघले पहिलो कार्यकालमा निर्वाचीत भएपछि पनि सम्मान गरेको स्मरण गर्दै महासंघप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।

त्यस्तै, कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरलाई अगाडि बढाउने र नमुना बनाउने जिम्मेवारी आफुमा आएको बताउँदै त्यसलाई सफल पार्न पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनप्रतिनिधिलाई खबरदारी गर्ने, सत्य, तथ्यमा आधारित रहेर पत्रकारले भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is upmeyar-pic1-1024x755.jpg

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना र मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जिल्लाका सबै नगरपालिकालाई उत्कृष्ठ बनाउन सूचना र सञ्चारलाई सँगै लिएर जाने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, महासंघका सचिव नारायणसुन्दर किलम्बु, महासंघ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झा, महासंघ भक्तपुर शाखाकी उपाध्यक्ष लीला श्रेष्ठ, सचिव संजिव शुभचिन्तकलगायतले पत्रकार महासंघ भक्तपुरको भवन निर्माणमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भयो । सो क्रममा नवनिर्वाचीत जनप्रतिनिधिहरुलाई भक्तपुरको भादगाउँले टोपी, खादा, माला लगाएर सम्मान गरिएको थियो ।

तस्विर – आशीष पौडेल


प्रकाशित | २१ जेष्ठ २०७९, शनिबार १९:२०