सलकपुर (मोरङ): मोरङमा अवस्थित ब्राईट फ्युचर सेकेण्डरी स्कुलले आगामी शैक्षिक सत्रबाट विधार्थीको शैक्षिक अभिवृद्धी कार्यक्रमलाई थप जोड दिने भएको छ । ३१ औँ वार्षिक अभिभावक दिवसको अवसरमा शुक्रबार भएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल टिकाराम ढकालले सो कुरा बताउनु भएको हो ।

शिक्षासंगै अतिरित्त क्रियाकलापलाई पनि संगसंगै अघि बढाएको सो विद्यालयले शैक्षिक अभिवृद्धिका थप कार्यक्रमलाई अघि बढाउँदै गुणस्तरमा जोड दिने भएको हो ।

विद्यालयका प्रिन्सीपल टिकाराम ढकालका अनुसार विद्यालयले विभिन्न गतिविधिमा आधारित एक्टिभिटी बेस्ड पाठ्यक्रम तयार गर्नेछ । यस्तै निरन्तर मूल्यांकनलाई विशेष प्राथमिकता दिनेछ भने प्रविधिमा आधारित रहेर गुणस्तरीय शिक्षामा जोड दिएको छ ।

अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथिका रुपमा सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाई रहनु भएको थियो । कार्यक्रममा मेयर गुरागाईले विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्दै गएकोमा खुशी व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलालले अभिभावकको सल्लाह सुझाव र प्रविधि मैत्री बनाउन लागिपरेको बताउनु भयो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकको बाक्लो सहभागिता रहेको थियो । विद्यार्थीहरुको सास्कृतिक प्रस्तुती तथा प्यारेन्ट्स लक्की ड्र ले कार्यक्रम थप रोमाञ्चक बनेको थियो ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा पूर्व शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा फुड स्टल समेत राखिएको थियो ।
सो अवसरमा डा. राजु अघिकारीको पुस्तक बनौ संस्कारी विमोचन गरिएको थियो भने सो पुस्तक आगामी शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रममा समावेश गरिने विद्यालयले जानकारी दिएको छ ।
प्रकाशित | २७ फाल्गुन २०७९, शनिबार २१:१२