राष्ट्रपति आज स्वदेश फर्कँदै

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे काठमाण्डौ आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । चीन भ्रमण एक दिन छोट्याएर उहाँ बुधबार नै स्वदेश फर्कन लाग्नुभएको हो । समकक्षी सी जिनपिङको निमन्त्रणामा बेल्ट एण्ड रोड इनियसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागि हुन राष्ट्रपति भण्डारी गएको बुधबार चीनको राजकीय भ्रमणमा जानु भएको थियो ।  भ्रमणका क्रममा उहाँले चिनिया समकक्षी सी, चीनका प्रधानमन्त्रीलगायत उच्च नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो । बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालीमै भाषण गर्नु भएको थियो ।


प्रकाशित | १८ बैशाख २०७६, बुधबार ०८:०२