काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाण्डौ उपत्यकामा कोरोना सङक्रमण बढ्दै गएपछि एक साता थपिएको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ । यसअघि भदौ ३ गतेदेखि गरिएको निषेधाज्ञा आज राति सम्म गरिएको थियो ।

यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायम रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । यस्तो छ जिल्ला प्रशासन कार्यालबाट जारी आदेश



प्रकाशित | १० भाद्र २०७७, बुधबार १२:४८