चर्चीत कमेडियन कपिल शर्माद्धारा प्रधानमन्त्री राहत कोषमा ५० लाख सहयोग

काठमाडौँ : कोरोना संक्रमणका कारण भारतमा २१ दिनको लक डाउनको घोषणा गरिएको छ । कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेका छन । यस्तै, अर्का नायक ऋतिक रोशनले मास्क किनेर सरकारलाई हस्तान्तरण गरेको भारतीय मिडियामा उल्लेख गरेको छ ।

कपिल आफैले सामाजिक संजालमा जानकारी गराउदै लेखेका छन्, ‘यो समय ती मानिसहरुका लागि हातेमालो गर्ने हो, जसलाई हाम्रो आवश्यकता परेको छ । कोरोनासँगको यो युद्धमा म ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु । मेरो प्रार्थना छ कि, सबैजना घरमा सुरक्षित रहनुहोला ।’


प्रकाशित | १६ चैत्र २०७६, आईतवार १३:१८