सार्वजनिक खरिद ऐन संशोधनको तयारी

काठमाडौं: सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रीपरिषदबाट पारित गरिसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन संशोधनको काम अघि बढाइएको बताउँदै संघीय संसद अर्थ समितिको बैठकमा बुधबार भन्नुभयो, ‘चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गरिसक्छौ ।’

नियमावलीमा ठेक्का लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्ने व्यवस्था पनि गरिएको बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, समितिका अर्का सदस्य डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आर्थिक भन्दा पनि राजनीतिक पक्षलाई जोड दिएको टिप्पणी गर्नुभएको थियो ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार १९:२९