एनआरएनए हङकङले छान्यो १०४ केन्द्रीय प्रतिनिधि, विश्व सम्मेलन सफल बनाउन सबैमा आह्रवान

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले केन्द्रीय मापदण्ड अनुसारको १०४ प्रतिनिधि छनौट गरेको छ । एनआरएनए हङकङको आज बसेको बैठकले केन्द्रीय प्रतिनिधि छनौट गरेको हो ।

एनआरएनए आइसिसीले सबै एनसिसीहरुलाई ३० तारिखसम्म केन्द्रीय प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिएबमोजीम प्रतिनिधी छनौट गरिएको एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार एनसिसीलाई केन्द्रीय मापदण्ड अनुसार १०४ जना कोटा परेकोमा सबै केन्द्रीय प्रतिनिधिको छनौट गर्दै आगामी अक्टोवर काठमाडौंमा हुने एनआरएनएको नवौ विश्व सम्मेलन सफल बनाउन  जुट्न सबै सदस्यहरुमा आग्रह समेत गरिएको छ ।

विश्व सम्मेलन भब्य र सब्य रुपमा सफल बनाउन सबैमा जुट्न आग्रह गर्दै सफल बनाउन सक्दो सहयोग गर्ने जनाएको हो । एनआरएनएको नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित | १३ आश्विन २०७६, सोमबार २२:०५