आज गणतन्त्र दिवस

काठमाण्डौ: नेपालमा आज गणतन्त्र दिवस मनाइँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको अवसरमा गणतन्त्र दिवस मनाइँदै छ । दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्परालाई अन्त्य गर्दै गणतन्त्र घोषण घोषणा भएको दिनको रुपमा यो दिवस मनाइने गरिएो छ । दोस्रो जनआन्दोलन २०६२र६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

आज दिवसको अवसरमा काठमाण्डौको टुडिखेलमा अहिले केहिबेरमा विशेष कार्यक्रम हुँदैछ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ । यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०८:३३