स्टकहोलम । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनमा नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो ।
संघको शनिबार सम्पन्न छैटौ राष्ट्रिय महाधिवेशनको अवसरमा यसअघि राज कुमार पाठकको नेतृत्वमा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
महाधिवेशनमा प्रमुख अतिथिका रुपमा एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष तथा पूर्व आईसीसी सदस्य डा. बोधराज सुबेदी सहभागि हुनुहुन्थ्यो । साथै एनआरएनए स्वीडेनका वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ, निर्वाचन कमिटिका संयोजक बद्री शर्मा पौडेल, उपसंयोजक प्रवेश कुवँर र सदस्य अनुप श्रेष्ठ, एनसीसी स्वीडेनका पूर्व अध्यक्ष तथा अग्रजहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
यस्तो छ नयाँ कार्यसमिति
आइसिसी सदस्य – दिनेश श्रेष्ठ
अध्यक्ष– राज कुमार पाठक
उपाध्यक्ष – बिजय प्रधान
महासचिव–गंगा घिमिरे
सचिव – लोकेन्द्र खड्का
कोषाध्यक्ष –प्रविन श्रेष्ठ
युवा संयोजक – राजेन्द्र तामाङ
महिला संयोजक – जानुका एण्डर्सन
सदस्य – पुनम राईर्
सदस्य – रमा श्रेष्ठ
सदस्य – नरेश भण्डारी
सदस्य – राजन महर्जन
सदस्य– विवेक केसी






प्रकाशित | १० श्रावण २०७८, आईतवार १४:११