आज नेपाल प्रज्ञा प्रतिष्ठानमा योग प्रर्वद्धन कार्यक्रम हुँदै

नवराज काफले/काठमाडौँ

नेपाल भित्रका योगिक संस्थाहरु एवं अमेरिकाको फ्लोरिडा स्थित योग युनिभर्सिटी अफ अमेरिकाजको संयुक्त आयोजनामा जेष्ठ १६ गते अर्थात आज (बिहीबार ) नेपाल भारत योग प्रर्वद्धन कार्यक्रम हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र दक्षिण भारतका प्रसिद्ध धर्मगुरु श्रीअरलु मल्लिगे पार्थसारथी गुरुजीको पावन सान्निध्यमा विभिन्न आर्कषक योगिक प्रस्तुतिका साथ दिउँसो २ बजेबाट शूरु हुने कार्यक्रमका समन्वयकर्ता डा हेमराज कोईरालाले जानकारी गराउनुभयो ।

योगको विधिवत अध्ययन अध्यापन गराउने लक्ष्य लिएर स्थापीत भएको योग युनिर्भसिटी अमेरिकाजले नेपालको योग शिक्षाको गुणस्तरीय विकासका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपालका योग अनुरागी मित्रहरुसँग सम्वाद गर्ने उद्धेश्य हेतु योग प्रर्वद्धन कार्यक्रम आयोजन गर्न लागिएको युनिर्भसिटीका भाईस चान्सलर डा योगी देवराजले बताउनुभयो ।

देवताहरुको देश, ऋषिमुनिहरुको तपस्थली, साधनाको लागि विश्वविख्यात स्थान र भगवान् पशुपतीनाथको देश, शिवसभ्यता, जनकसभ्यता र बुद्धसभ्यताको त्रिवेणी, योगको जन्म र विकासभूमि, हिमवत्खण्ड र मानसखण्डको बीच पशुपतीनाथ, मुक्तिनाथ जस्ता पवित्र तिर्थस्थलहरुले संरक्षित नेपालको भूमिबाट योगको कार्यक्रम शुरुवात गर्न पाउँदा आयोजक पक्ष गौरवान्वित भैरहेको अवस्था प्रति खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली योगप्रेमीहरुको साथ, सहयोग र समन्वय अपरिहार्य रहेको योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका प्रमुख अभियान्ता डा. हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।

सो कार्यक्रममा भाग लिन अमेरिका, कम्बोडिया, मलेसिया, भारत लगायतका विभिन्न मुलुकहरुबाट सय भन्दा बढी योग प्रेमी तथा विद्धवानहरुको आगमन भैसकेको र नेपालभित्र विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघीय एवं प्रादेशिक माननीयहरु, योग क्षेत्रका विशेषज्ञहरु, पत्रकारहरु, समाजसेवी, योग संस्थाहरुका प्रतिनिधि एवं योग साधकहरु लगायतको उपस्थिति रहने विषयमा पत्रकार सम्मेलन मार्फत आयोजक पक्षले जानाकारी गराएका छन ।

सहभागी सम्पूर्णलाई निःशुल्क प्रवेश पासको व्यवस्थापन मिलाइएको सो योग प्रर्वद्धन कार्यक्रममा सम्पुर्ण योगप्रेमी, शुभचिन्तक हरुलाई निर्धारित कार्यक्रममा सहभागीताको लागि आयोजक पक्षले आहवान समेत गरेको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०८:१३