राष्ट्रिय सहकारी बैंक लिमिटेडको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ -राष्ट्रिय सहकारी बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहिवार देखि काभ्रेपलान्चोकको धुलिखेलमा सुरु भएको समिक्षात्मक कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष के।बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरू सहित बैंकको ६८ वटै शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

तिन दिनसम्म भएको कार्यक्रमको बैंकका अध्यक्ष केबी उप्रेतीले समापन गर्नु भएको थियो। समाप कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उप्रेतीको रणनीतिक योजना अनुसार प्रतिफल प्राप्त गर्ने शाखा प्रमुखहरुको भूमिकालाई थप प्रभावकारी कार्यक्रम सहयोग गर्ने बताउनु भयो। जाखिमलाई न्यूनिकरण गर्दै सदस्यलाई ध्यान दिएर काम गर्न निर्देशन दि सहकारीका सवल पक्षलाई आग सहकारी संघ संस्थामा पुभ्याउने र देखिएका समस्याहरुलाई समयमै गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिको लागि भएपनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता असफलतासंग जोडिने भएकाले बैंकका सञ्चालक,लेखा ,सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन शाखाहरु र सम्पूर्ण कर्महरुको सक्रियतामा गरेर सहकारीको साख बढाउन ध्यान दिनु पर्ने उहाँको भनाइ थियो ।

बैंकले बनाएको रणनीतिक योजनालाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि विशेषत शाखा प्रमुखहरुको भूमिका सवल हुनु पर्ने चर्चा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले कार्यक्रममा ६८ वटै शाखाको समग्र समीक्षा र रणनीतिक समीक्षा गर्दै, बैंकले लिएको लक्ष्य, उद्देश्यहरू प्राप्तिमा सबै प्रतिबद्ध हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा बैंकका अध्यक्ष के बी उप्रेती, लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्का, नायब महाप्रबन्धक राजेश श्रेष्ठ सहित विभागीय प्रमुखहरू र ६८ शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन बैंकका सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले गरेका थिए। सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखामार्फत देशभरका १६ हजार सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ ।


प्रकाशित | २१ फाल्गुन २०७९, आईतवार ११:५१