एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा, घोषणापत्र चाँडै सार्वजनीक गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्षमा एनआरएन अभियन्ता सोनाम लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामाले आफनो औपचारिक घोषणा चाँडै गर्ने बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघको अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले विश्वभरीबाट सबैको माग र चाहानाअनुसार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो ।

एनआरएनएको भिजन टवान्टी ट्वान्टी एण्ड वियोण्डलाई कार्यान्वयनमा लग्न र नेपाली नागरिकताको निरन्तरताको मुद्दालाई कार्यान्वयनको चरणमा पुर्याउनको लागि आफनो उम्मेदवारी भएको बताउनुभयो ।  लामाले आफनो औपचारिक घोषणासँगै प्रतिबद्धता समावेश गरिएको घोषणापत्र चाँडै सार्वजनीक गर्ने समेत बताउनुभएको छ ।

सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर एनआरएन अभियानमा होमिनु भएको सोनाम लामा अहिले एनआरएनको एक अभियन्ता हुनुहुन्छ । लामाले एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय सहसंयोजक डिआरसी हुँदै संयोजक (आरसी) पदको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ ।

एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा लामिछाने र शेष घलेसँग निकै निकट भएर काम गर्नुभएको लामाको एनआरएनमा ठूलो योगदान छ । विशेष गरि एनआरएन भवन, लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको छ । हाल एनआरएनको कुनै भुमिकामा नरहे पनि लामाको सामाजीक सेवा गर्ने बाटो भने रोकिएको छैन ।

गैर आवासीय नेपाली अभियानसँगै समाजसेवामा समेत लाग्दै आउनुभएको लामा प्रचार प्रसारमा खासै रुची राख्नु हुन्न । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावना राख्ने लामाले पछिल्लो समय एनआरएनले गर्व गर्न लायक काम गरेर सबैलाई गतिलो पाठ पनि सिकाइरहनु भएको छ । साथै एनआरएनले गफ मात्र गर्छन, काम गर्दैनन् भन्ने भ्रमलाई चिर्न समेत लामा सफल हुनुभएको छ ।

लामाले मुस्ताङको मुक्तीनाथ मन्दिर परिसरभित्र आफैले करोडौ रुपैयाँ खर्चेर मन्दिर परिसरको मुहारमा परिर्वतन ल्याउनुभएको छ । लामा विगत पाँच वर्षदेखि मन्दिर परिसरलाई चम्काउने अभियानमा अह्रोरात्र जुट्दै आउनुभएको छ । आफनो ब्यक्तीगत खर्चमा लामाले मन्दिर परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति निर्माण गर्नुभएको हो ।

मन्दिर परिसरमा बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिबाट अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ ।

साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ । लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ ।

लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको लामाले बताउनुभयो ।


प्रकाशित | २१ भाद्र २०७६, शनिबार २०:२३