अष्ट्रेलियामा नेपाली खानालाई प्रबद्र्धन गर्न फुड फेस्टिबल आयोजना गर्दैछौं : गणेश केसी

गणेश केसी

अष्ट्रेलियामा पछिल्लो समय नेपालीको संख्या निकै बढिरहेको छ । यहाँ नेपाली मात्र नभई नेपाली फुड मन पराउने विदेशीको संख्या पनि बढेको छ । नेपाली फुडप्रति विदेशीका आर्कषणसँगै यहाँको विदेशीहरुलाई नेपालको फुड सम्बन्धी जानकारी दिनका लागि हामीले नेपाली फुड प्रबद्र्धन कार्यक्रम गर्न गइरहेको छौ ।

सन्तोष साहले एक हदसम्म नेपाली फुडलाई विश्व बजारमा चिनाउने प्रयास गर्नु भएको छ । अब यसको गरिमालाई जोगाउँदै विश्व बजारमा पुर्याउनुपर्छ भनेर कलेजले नयाँ शिराबाट नेपाली फुडलाई प्रबद्र्धन गर्न खोजेको हो ।

अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजनामा नेपालको पर्यटन पबद्र्धन तथा देशलाई चिनाउने प्रमुख उद्देश्यका साथ आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा नेपाली फुड प्रबद्र्धन कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा विश्वमै ख्याती प्राप्त मास्टर सेफ सन्तोष शाहको प्रमुख नेतृत्वमा हुनेछ ।

अष्ट्रेलियामा विभिन्न किसिमको एभेन्टहरु भइरहेको छ । त्यो मध्ये हामीले गर्नुपर्ने नेपाली फुड महोत्सव पनि एक हो । एनआरएनएको ग्लोवल उपमहासचिव भएको हौसियतले नेपालको फुडलाई विश्व बजारमा प्रबद्र्धन गर्नुपर्छ र नेपालको नाम चलेको नेपाली सेफलाई अष्ट्रेलियामा लग्नुपर्छ तथा हस्पिटालिटी क्षेत्रमा काम गरिरहेकालाई मोटीभेट गर्नुपर्छ भनेर पनि यो कार्यक्रम आयोजना गरिएको हो । अन्य मुलुकको तुलनामा अष्ट्रेलियामा नेपालीको आर्कषण बढिरहेकाो छ भने दिन प्रति दिन नेपाली विद्यार्थी गएर हस्पिटालिटी क्षेत्रमा काम गरिरहनु भएको छ । नेपालीहरु करिब ७० देखि ८० प्रतिशत हस्पिटालिटी क्षेत्रमा काम गरिहनु भएको पाइन्छ ।

अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) का डाइरेक्टर गणेश केसी ।

सन्तोष साहले बेलायतमा जुन उपाधि जित्नु भयो त्यो उपाधिले एक हदसम्म नेपाली फुडलाई विश्व बजारमा चिनाउने प्रयास गरेको छ । अब यसको गरिमालाई जोगाउँदै विश्व बजारमा पुर्याउनुपर्छ भनेर कलेजले नयाँ शिराबाट नेपाली फुडलाई प्रबद्र्धन गर्न खोजेको हो ।

नेपाली  फुडलाई विश्व बजारमा प्रबद्र्धन गर्नुपर्छ र नेपालको नाम चलेको नेपाली सेफलाई अष्टेलियामा लग्नुपर्छ तथा हस्पिटालिटी क्षेत्रमा काम गरिरहेकालाई मोटीभेट गर्नुपर्छ भनेर पनि यो कार्यक्रम आयोजना गरिएको हो ।

पाँच दिने महोत्सवमा मास्टर सेफ सन्तोष साहको मेनुमा नेपाली खानाको स्वाद र परिकारहरु खुवाइनेछ । एक दिनमा कम्तिमा ५० जनालाई खुवाइनेछ भने पाँच दिनमा करिब तीन सय जनालाई नेपाली खाना खुवाउने लक्ष्य लिएका छौ । खानामा २० प्रकारका परिकार रहनेछ । खाना खान कम्तिमा दुई घन्टा बस्नुपर्नेछ । २० प्रकारको नेपाली खानाको लागि प्रति ब्यक्ती अष्ट्रेलियन डलर १८० देखि २०० टिकट दर तोकिएको छ ।

कलेजको कुरा गर्दा सिड्नी सिटीमा डेढ वर्षदेखि अष्ट्रेलिययन प्याशिफिक इन्टरनेशनल कलेज सञ्चालन गर्दै आएका छौ । कलेजले विशेषगरि सिपमूलक शिक्षा, कर्मसियल कुकरी, सटिफिर्केट किचेन म्यानेजमेन्ट, डिप्लोमा हस्पिटालिटी कोर्ष सञ्चालन गर्दै आएको छ । विस्तारै बाहिरी स्टेटहरुमा पनि सञ्चालन गर्ने र अन्य विभिन्न विषय समावेश गरेर गरेर अगाडि बढ्ने हाम्रो लक्ष्य छ । धन्यवाद ।

केसी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिव तथा अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) का डाइरेक्टर हुनुहुन्छ ।


प्रकाशित | १९ फाल्गुन २०७९, शुक्रबार २०:२६