डेढ किलो सुनसहित १ जना पक्राउ

काठमाडौं : प्रहरीले १ किलो ६ सय ४९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई मकवानपुरबाट प्रक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले उनलाई दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर बोकेको अबस्थामा सुनसहित पक्राउ गरिएको हो । सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँ बरावरका रहेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १५:५७