काठमाडौं उपत्यकामा मंगलबार कहाँ कहाँ भेटिए कोरोना संक्रमित ?

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । मुलुकभर संक्रमण घटे पनि उपत्यकामा भने बढिरहेको छ । मंगलबार पनि उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा देखिएका २८ जना संक्रमित विभिन्न २३ स्थानमा भेटिएका हुन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएका हुन ।

त्यस्तै, ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको पनि पाण्डेले जानकारी गराउनुभयो । मंगलबार काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

उपत्यकामा सोमबार ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो। काठमाडौं उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको बताउनुभयो । यीमध्ये ७९ जना विदेशबाट उद्धार उडानमार्फत् आएको पाण्डेले पनि बताउनुभयो ।


प्रकाशित | २३ असार २०७७, मंगलवार २०:३१