राजनीतिक दलमा आबद्ध एनआरएनए कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले राजनीतिक दलमा आबद्ध एनआरएनएको कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम दिएको छ । संघको कार्यकारी पदमा रहेका ब्यक्तीहरु विभिन्न राजनीतिक दलको भ्रातीय सगठनमा पनि कार्यकारी पदमा रहेको गुनासो आएपछि संघले १५ दिने अल्टीमेटम दिएको हो ।

संघका महासचिव डा. हेमराज शर्माले एनआरएनए आईसिसी र हरेक देशका राष्ट्रीय समन्वय परिषदका पदाधिकारी र सदस्यहरू नेपालको राजनैतिक दलहरूको बिदेशस्थित भातृ संगठनहरूको कार्य समिति, जातीय र धार्मिक संस्थाहरूको कार्य समितिको पदमा रहे संघको निर्वाचन सम्बन्धि नियमावली दफा ७.६ अनुसार पदमुक्त गर्न सकिने भन्दै अल्टीमेटम दिनुभएको हो ।

शर्माले संघको दोहोरो पदमा रहेमा निजले आफू संलग्न संगठनबाट यही फेब्रुवरी २५, २०२० भित्र राजीनामा दिएको स्व घोषणा गरी संघका महासचिवलाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।

शर्माले जारी गर्नुभएको परिपत्रमा भनीएको छ, ‘निर्धारित मिती भित्र जवाफ नआएको खण्डमा प्रचलीत विधानअनुसार निजलाई पदमुक्त गरी कारवाही अगाडि बढाउन बाध्य हुने जानकारी गराईन्छ ।’

यसअघि एनआरएनए आईसिसी विधान संशोधन समिति को चेयर रविन बज्राचार्यले जनवरी २१, २०२० मा विधानअनुसारको निर्णय कार्यान्वयन गराउन भन्दै आइसिसीलाई पत्र पेश गर्नुभएको थियो ।


प्रकाशित | २९ माघ २०७६, बुधबार १३:५७