युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट

काठमाडौं : सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी गराउनुभएको हो ।

चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षभित्र सागसहितका ठूला प्रतियोगिता सम्पन्न भएका थिए ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १८:०१