पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराईले सपथ लिनुभएको छ । भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । भट्टराईलाई आजै मन्त्रीमा नियुक्त गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय रिक्त थियो । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचीत हुनुभएको थियो । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।


प्रकाशित | १५ श्रावण २०७६, बुधबार १७:१८