सूर्यविनायकका मेयर थापाद्धारा रेडक्रस नलिन्चोक उपशाखाको नवनिर्मित भवनको उद्घाटन

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नेपाल रेडक्रस सोसाईटी नलिन्चोक उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is 4-1-1024x652.jpg

सूर्यविनायक नगरपालिका १० मा अवस्थित नलिन्चोक उपशाखाको एक कार्यक्रमको बीच मंगलबार मेयर थापाले उद्घाटन गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is udhagahtan-1024x605.jpg

उद्घाटन गर्नुहुँदै मेयर थापाले रेडक्रससको भवन भए पनि यो सबैको साझा सम्पत्ति भएकाले आवश्यक परेको बेलामा रेडक्रससँग समन्वय गरेर सबैले उपयोग गर्न सक्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 5-1-1024x652.jpg

मेयर थापाले वडा नंं ९ को नंखेल र वडा नंं १० को चित्तपोलको केन्द्रमा रहेको भवनबाट दुवै वडाबासीले लाभ लिन सक्ने पनि बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 3-3-1024x708.jpg

नगरपालिकाको पूर्वी भेगमा विकास निर्माण गर्न अझै बाँकि रहेको बताउँदै मेयर थापाले तत्कालीन अवस्थामा ८ वटा गाविस मिलेर नगरपालिका बन्दा बालकोट, सिरुटार र कटुञ्जे नगरपालिका जस्तै भएको तर पूर्वी भेग भने नगरपालिका बनीसक्दा पनि गांविस जस्तो भएको अवस्थामा आफू निर्वाचीत भएर विकास निर्माणको काम शूरु गरेको स्मरण गर्नुभयो ।

This image has an empty alt attribute; its file name is riban1-1024x860.jpg

आफनो पहिलो कार्यलमा स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमा एकता भएको कारण विकास निर्माणमा फड्को मार्न सफल भएको बताउनुहुँदै मेयर थापाले राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा ऐक्यबद्र्धता भन्ने मूल मर्मलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 2-5-1024x587.jpg

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा भक्तपुर सभापति मनोज कुमार थापाले सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले पार्टीगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणको काम गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is basu-1-1024x717.jpg

रगत निशुल्क पाउँने पहिलो जिल्ला भक्तपुर भएको बताउँदै सभापति थापाले सूर्यविनायक नगरपालिकाले रेडक्रसससँग समन्वय गरेर नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is basudev-gift-1024x598.jpg

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नलिन्चोक उपशाखाका सभापति नारायण खायमलीले सूर्यविनायक नगरपालिकाको ७८ लाख सहयोगमा भवन निर्माण भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is manoj-thapa-1024x618.jpg

नगरपालिका र विशेष गरि मेयर थापाको पहलमा भवन निर्माण सम्भव भएको खायमलीले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is meyar-visit2-1024x690.jpg

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका उपसभापति राकेश थापा, मन्त्री पर्शुराम पाण्डे, पूर्व उपसभापति कृष्णगोपाल लायजु, सिपाडोल उपशाखाका सभापति हरिशरण बस्नेतलगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।

तस्विरमा हेर्नुहोस समुद्घाटन समारोहका झलकहरु

This image has an empty alt attribute; its file name is udhagahtan-1024x605.jpg
This image has an empty alt attribute; its file name is basudev-gift-1024x598.jpg
This image has an empty alt attribute; its file name is basu-1-1024x717.jpg
This image has an empty alt attribute; its file name is naryanbhakta-khayamali-1024x660.jpg
This image has an empty alt attribute; its file name is 9-1024x768.jpg


प्रकाशित | ९ फाल्गुन २०७९, मंगलवार १८:१३